अर्को लस्कर हिँडेको बाटो

दार्जिलिङबाट चुलिएको साहित्यिक सिद्धान्त तेस्रो आयामले जुन ‘सम्पूण्र्ाता’-को खोज गरेको थियो, वास्तवमा त्यो धेर दार्शनिक र कम व्यावहारिक भइदियो । त्यो भारतीय नेपालीहरूको नभएर विश्वभरिका मानिसहरूको ‘सम्र्पूण्ाता’ को खोज थियो । पसिना, श्रम, विचार, धर्म, राजनीति, संस्कृति, मानिस, समाज र सत्तालाई ‘वस्तु’ मानेर त्यसको ‘वस्तुता’ लेख्ने क्रम पछि गएर ‘भ्रमखेल’ मा टुंगिएपछि मानिसको सत्ता केवल ‘लीला’ मात्र बनिदियो । त्यो बौद्धिक भ्रमखेलको खोलामुनि बग्ने ‘पसिना र रगत’ को कारखाना र त्यो कारखानाका श्रमिकहरूको कथा छोडियो । इतिहासले उनीहरूको सत्तालाई यसरी पुरिदियो कि उनीहरूको उत्खनन गर्ने विचारको बिउसमेत मासियो । त्यसै कालदेखि बनिएको इलिट साहित्यिक समाज एउटा रुढीजस्तो बाँंच्यो । आम मानिसहरूलाई लाग्यो कि साहित्य भनेको उनीहरूको निम्ति लेखिने ‘वस्तु’ होइन । अगमसिंह गिरी, हरिभक्त कटुवालहरूको पिन्चे आवेग र विकास गोतामेहको आक्रोशित संवेग रोक्ने अथवा ‘सतही भावुकता’ मास्ने क्रममा इतिहासले गरेको महाभूलहरूलाई फेरि उल्टाएर पढ्नुपर्ने र खाडल वा भीरबाट नै नयाँं बाटो खन्नुपर्ने दायित्व युवा कविहरूमा आइपर्‍यो । वास्तवमा कविताले सधैँ आफ्नै बाटो तय गर्नुपर्ने दायित्वलाई जोगाइराख्छ ।

कवि मनप्रसाद सुब्बा अनि रेमिका थापाहरूले सवाल्टर्न वैचारिकीलाई दार्जिलिङ लगेर कवितामार्फत ‘किनाराका आवाज’ निकाले अनि मानिसहरूसित काव्यिक संवाद गर्ने संस्कार स्थापित गरे । योचांहिं धेरै अर्थमा महत्त्वपूण्र्ा अभियान बन्यो । किनारीकरण्ाको लेखन स्थानिकबाट उम्केर वैस्थानिकतिर पुग्यो । उनीहरू पनि विचारको दास नै हुने हुन् कि भन्ने शंका गर्ने ठाउँ जन्मिएको छ । यसकारण अहिले काव्यिक संवादको निम्ति बाटो फराकिलो राख्दै विचारको दास हुनुपर्ने विचारबाट मुक्तिको बाटो खोजिनुपर्ने स्थिति छ ।
त्यही बाटोको खोजी गर्दै हिँड्ने विचारको पहिलो यात्री लाग्छ- राजा पुनियानीको कविता संग्रह ‘अर्को लस्कर’।

...

इसाईहरूले दिएको भक्तिज्ञानले मौलिक विचार क्षेत्र बाँंझो पारेेको नित्सेले देखे । मानिसलाई कर्मशील बनाउन कुनै हस्तक्षेपी विचार चाहिएको थियो । तिनले घोषण्ाा गरिदिए ‘ईश्वरको मृत्यु’ भयो । तिनले ईश्वरको ठाउँमा सुपरम्यान राखिदिए । सुपरम्यान यथास्थितिवादीहरूविरुद्ध लड्ने अर्को ईश्वर थियो । नित्सेले ‘मान्छेबाट सुरु भएको जीवनको अन्त्य मान्छेेमा नै हुनुपर्छ, त्यसको निम्ति चाहिने बाटो भनेको ‘संघर्ष’ हो’ मात्र भनेनन्, ‘इतिहासको दास’ हुनु हुँदैन पनि भनिराखे ।

भारतीय नेपाली साहित्यको क्षेत्रमा पनि इतिहास मात्र होइन विचारसमेतको दास हुनु भनेको बौद्धिकहरूले निर्माण्ा गरेको वैचारिक उपनिवेशवादी सत्ता कायम राख्नु पनि थियो । विचारको दास हुनु आफू मर्नु मात्र होइन समाजलाई पनि मार्नु हो । विकास र गति रोक्नु हो र हो वरीयता परम्परा स्थापित गर्ने इलिटहरूको वैचारिक राजनीति पनि । राजा पुनियानीको ‘अर्को लस्कर’ त्यही इतिहास र विचारको दासीहरूमाथि गरिएको रचनात्मक हस्तक्षेप हो कि भन्ने लाग्छ ।

तिनका कविता भन्ने शैली हेर्दा पुनियानी पारम्परिक कविता लेखनको जडता तोड्न आएका ‘रफ एन्ड टफ’ कवि हुन् भन्ने पनि लाग्छ । तिनका कविताहरू मानिसहरूको ‘मानस’ जोगाउने बुलेटप्रुफ विचारजस्ता लाग्छन् । त्यो विचार पाठकअघि पुग्दा कलात्मक रूपले पनि पुग्न सक्छ, फ्ल्याट रूपले पनि पुग्न सक्छ । कतिपय कविताहरूमा विचार, आख्यानात्मकताको आधिक्य र कलात्मकताको कमजोर उपस्थिति देखिनाले तिनका कविता पारम्परिक पठनले सुसंस्कृतहरूका निम्ति कवितै नहुन पनि सक्छ ।

...

नाजिम हिक्मतको काव्यशक्ति ‘भाषा’मा थियो । वास्तवमा सत्ताविरुद्ध बोलिने भाषा शालीन हुँदैन । तर उस्तो अराजक पनि हुँदैन । हिक्मतको भाषामा विध्वंस चरित्र थिएन । यसैकारण्ा तिनको कविताले सत्तालाई सोझो रूपले चुनौती दिन सक्यो । कविताको शक्ति कति हुन्छ भन्ने कुराको जवाफ हिक्मतको कवितामाथिको प्रतिबन्धले पनि दिन्छ । विश्वले रुचाएर हिक्मतलाई पढ्छन् किनभने क्रूर सत्ताविरुद्ध तिनी आवाज उठाउँछन् । हिक्मतका झैं हिम्मत गर्ने कविहरू यता थोरै छन् । ती थोरैमा एक राजा पुनियानी हुन् । वास्तवमा राजाका कविता एक स्वतन्त्र माक्र्सवादी चरित्रले सम्बोधन गर्ने चेतना र संवेगबाट नै सुरु भएको छ । तर तिनका कवितामा रुढीग्रस्त ‘कमरेडपन’ देखिन्न ।

परिवर्तनका अभियन्ताहरूले परम्परावादी पुरेत वा बुद्धिजीवीहरूको भर पर्नु हुँदैन भन्ने अन्तनियो ग्राम्चीले वास्तवमा सिर्जनशील हस्तक्षेपको आग्रह गरेका हुन् । कविताले त्यही यथास्थितिवादी वैचारिकीमाथि हस्तक्षेप गर्नुपर्छ भन्ने कवि पुनियानीलाई पनि लाग्छ । समालोचक डा. कविता लामाले अर्को लस्करको आवरण्ाको ‘संकेत पठन’ गरेकी छन् । ‘के एक पुस्ताअघि गइसकेको समयबीचमा उभिएर राजा पुनियानीले उनीहरूको लस्कर आइरहेको घोषण्ाा गरेका हुन् ?’ तिनले एउटा कार्यक्रममा यसो भनिन्, ‘अर्को लस्कर’ को आन्तरिक अर्थ यस्तो पनि हुन सक्छ ।’ वास्तवमा कवि राजा पुनियानीको पहिलो शृंखला कविता ‘अर्को लस्कर’ ले भारतीय कवि अनि आलोचकहरूबीच नयाँं रूपको हस्तक्षेपी काव्यिक डिस्कोर्स अघि सारेको हो । जसको प्रभावमा ‘अर्को लस्कर’ को संकेत खोतल्ने काम भइरहेको छ । भूमिकाकार मनोज गिरीले ‘अर्को लस्कर’-का कविताहरूलाई ‘राजनीति र साहित्यमा वरीयता विरासतको रक्षा गर्दै अन्धाधुन्ध हिँड्ने परम्परा र सत्तागत हस्तक्षेपमाथिको ‘हस्तक्षेप’ हो’ भनेका छन् । राजाका कविताले बोक्ने विचार र कलाबीच जुन जीवन उभिन्छ त्यो जड परम्परा र सत्ताका विध्वंसकारी हस्तक्षेपलाई खेपेर बस्नेहरूको हो ।
‘अर्को लस्कर’ वैचारिक रूपले अतिवादीहरूको विरुद्ध उभिएको संगठित काव्यिक स्वर हो । श्रम शोषण्ाका विरुद्ध केवल मठाधीशहरूलाई मात्र बोल्ने छुट छ भन्ने भ्रम राजाले तोडेका छन् । मठ र मठाधीशहरू शक्तिस्वार्थबाट अछूत हुँदैनन् । इतिहासमा दार्जिलिङमा भएका राजनीतिक आन्दोलनहरूलाई आन्दोलन मान्नु र आन्दोलनलाई नेतृत्व गर्ने विचार ‘राजनीतिक’ हो भन्नु अघि ती मठहरूबीच लुकेको शक्तिस्वार्थलाई केलाउने आग्रह राजाका कविताहरूले गरेका छन् । जब कि यस्तो आग्रह कुनै समकक्षी विचारक र मठहरूद्वारा कहिल्यै हुँदैन ।

...

सुरुमा गायत्री चक्रवर्ती स्पिभाकले ‘सवाल्टर्नहरू बोल्न सक्छन् ?’ भन्ने प्रश्न गरिरहेकी थिइन् । तर सवाल्टर्नहरूजस्तै ज्यादतीमा पनि बोलेनन् । तिनको विचारको सौन्दर्य पछि गएर ‘आक्रोश’ मा रूपान्तरण भयो । आक्रोशको उत्कर्षमा पुगेर तिनले ‘ब्लडी सवाल्टर्न, बोल्’ भनेर गाली गरिन् । वास्तवमा स्पिभाकले विचारको केन्द्रमा सवाल्टर्न ‘बोल्ने’ सपना राखेकी थिइन् । कवि राजाको समकालीनता पनि त्यसरी नै आशा गरिएको सपनासम्म सीमित थियो । त्यसकारण्ा राजाको कवितामा ‘आक्रोश’ ले काव्यिक सौन्दर्यको रूपमा स्थान पाएको छ । धेरैलाई राजाका कविता आक्रोशहरूको भीड लाग्न सक्छ । कतै विचारहरूको भीड लाग्न सक्छ । कतै कला र विचारको सन्तुलन लाग्न सक्छ । कतै शब्दहरूको थुप्रो मात्र पनि लाग्न सक्छ अनि कतै कविताको नयाँंरूप र अभिव्यक्ति शैलीको खोजको आरम्भिक चरण्ा पनि लाग्न सक्छ ।
तर मलाई भने यी सबै ‘अर्को लस्कर’ ले बोल्ने भाषा, त्यो भाषाद्वारा भनिने मानिसको कथा, सत्ताको रूप र चरित्र उदाङ्गो पार्ने अभिधात्मक शैली, शब्द संयोजन र त्यसलाई राख्ने अपरम्परित संरचनाले दिएको प्रभाव हो भन्ने लाग्छ । केही कविताहरू पारम्परिक संरचनामा राखिए पनि त्यसले उठान गरेको विषय पारम्परिक छैन । केही कविताहरू पारम्परिक विषयका भए पनि त्यसले निर्माण्ा गर्ने विचार पारम्परिक छैनन् । केही कविताहरूले काव्यिक सौन्दर्यमाथि प्रश्नचिह्न खडा गर्न सक्छन् । उदाहरण्ामा तिनको कविता ‘कुना’ लाई राख्न सकिन्छ । यसमा आख्यान भङ्गिमा मात्र देखिन सक्छ तर सीमान्तकृत र सत्ताबीच भइरहने युद्धको सौन्दर्यशास्त्र पनि भेटिन्छ । राजा केवल ‘कुनाहरू बौलिएछन् भनेर बौलिएर भत्किएछन् भनेर भत्किनेछ तपाईँको घर पनि’ भन्ने सपाट चुनौती दिँदैनन् । ‘कुनाका नानीहरू अचेल विज्ञान सिक्दै छन्’ भन्दै अबको युद्धभूमिमा हतियार ‘विचार’ हुने हाँंक पनि दिन्छन् । सत्ताको निम्ति ‘खतरा’ को संकेत दिनको निम्ति राजालाई कविताको रूप नै भत्काउन कर लागेको छ । अराजकता र प्रतोरिधी विचारको सन्तुलन सौन्दर्यबीच उभिएको छ ‘अर्को लस्कर’ वास्तवमा ।

अघिल्ला कविहरू कविताको पारम्परिक ढाँंचालाई ढाल बनाएर शालीन विरोध गर्थे । राजाको ‘कुना’ सोझो र अराजक ढाँंचामा त्यसैको विरोधमा स्थापित गरिएको हस्तक्षेपी काव्यरप लाग्छ । कवि आफैं सीमान्तकृत चरित्र रहेकाले तिनले आफ्नो कवितामा आफ्नो स्वर निर्माण्ा गर्न सकेका छन् । धेरैले त्यो स्वरलाई ‘आक्रोशित’ भनेर सपाट रूपले लिन सक्छन् तर राजाको कविता स्वयं यस्तै पारम्परिक विचारको विरुद्धमा बोलिएको प्रतिरोधी स्वर हो ।

 ...

न्युयोर्क विश्वविद्यालयका समाजशास्त्री विवेक चिब्बर -पोस्ट कोलोनियल थ्योरी एन्ड द स्पेक्टर अफ क्यापिटल) सीमान्तकृतहरूको अभिव्यक्ति आक्रोशपूण्र्ा हुनुलाई वर्गीय स्वार्थ मात्र मान्नु भूल हुने दाबी गर्छन् । उनका अनुसार त्यो ‘आक्रोश’ सीमान्तकृतहरूलाई धार्मिक, जातिक, भाषकि, सांस्कृतिक, आर्थिक हिसाबले पछि पारिने सत्ता संस्कारले निर्माण्ा गरेको ‘डिस्कोर्स’ हुन्छ । राजाको कविताको आक्रोश पनि त्यही डिस्कोर्स हो । कवितामा देखिने आक्रोशलाई सौन्दर्यको रूपमा अंगीकार गर्न नसक्नेहरूका लागि राजाको कविता संसारका सबैभन्दा झुर कविता हुनेछन् । आलोचना सिद्धान्तले अहिलेसम्म ‘भारतीय समकालीन नेपाली कवितामा आक्रोशको सौन्दर्य पठन’ गरेको छैन । सिद्धान्तहरूले यसरी छोडेका पठनक्षेत्रहरू धेरै छन् ।

फेड्रिक एंगेल्सले सिद्धान्तको रङ खैरो देखेका थिए तर तिनलाई जीवनको रङ हरियो हुन्छ भन्ने लाग्यो । राजाका कविताहरूले सन्धान गरेको जीवनको रङ पनि हरियो हुनुपर्छ । तर मानिसको जीवनको हरियो लुटेर, चुसेर, च्यातेर, निचोरेर नाफाखोर उदार र नवउदारवादी बजार निर्माण्ा गर्ने सत्ताविरुद्ध राजाको ‘हस्तक्षेप’ कविता जति दह्रो उभिएको छ, त्यति दह्रो उभिएका कविता अघि लेखिएका थिएनन् । राजाको काव्यशक्ति भनेकै अभिव्यक्तिमा आएको निर्भीकता र अराजकता हो । व्यक्ति स्वतन्त्रताको निम्ति यस्ता आक्रोशहरू विश्वभरि अघिदेखि नै हुँदै आइरहेको छ । यता यसको अभ्यास मात्र नभएको हो । प|mान्सिसी क्रान्ति -१७९३) का सूत्रधार जेकुइस रक्सले यस्तै आक्रोशको घोषण्ाापत्रमा असमानताबारे बोलेका छन् । १८ औँ शताब्दीअघिबाट नै ‘व्यक्ति स्वतन्त्रता’ को अवधारण्ाा आइसकेको हो । यसलाई नै संस्थागत गर्दैे विलियम गुडविल -१७५६-१८३६) ले अराजकतावाद -अनार्किज्म) भन्ने दर्शन अघि ल्याए । यो दर्शनको केन्द्रमा ‘नयाँं सामाजिक व्यवस्था’ थियो । पछि हेनरी डेबिड, रुसो, बन्ड्रेड रसेल, थोरोहरूले यसलाई अघि लगे । भर्खर मात्र दिल्लीमा अरविन्द केजरीवालहरूलाई अनार्किस्ट भएको आरोप लाग्यो किनभने उनीहरू सत्तामा आम मानिसहरूको भागीदारीबारे वकालत गरिरहेका थिए । अराजकतावादीहरू मानिसहरूबाट उसको स्वाधीनता खोस्ने र बन्धनका नियम र कानुनहरू अघि ल्याएर शासन गर्ने सत्ता चाहिँदैन भन्थे । सत्ताको विरोध, सत्तामाथिको पठन-विपठन, सत्ताको शल्यक्रिया र आम नागरिकको अधिकारको सवाल उठाउने राजालाई पनि धेरै नै अराजक देखिन सक्छ । तर राजा त्यति कडा मिजासका अनार्किस्ट होइनन् । तिनका कवितामा रहेको कलाले तिनको शालीनताबारे बोलेको छ । राजालाई शालीन अराजक भन्न सकिन्छ । सत्ता विरोधभन्दा धेर तिनी सत्ता चिन्ने आग्रह मानिसहरूसित गर्छन् । तिनी कवितालाई मानिसहरूलाई प्रबुद्ध बनाउने कलाको रूपमा लिन्छन् । सचेत गराउने काव्यकर्तव्य भनेको राजाको निम्ति ज्ञानी छोराले गर्नुपर्ने उत्तरदायी काम हो ।
‘थाप्लोको नाम्लो खिइएर सकिन्छ
तर भारी सकिँदैन गुमानसिंह ।
 कहिल्यै सोच्नु भएको छ-
किन खिइबस्छ, 
चुँडिबस्छ घरिघरि तपाईँको नाम्लो ?’

...
 
चारवटा लस्करमा राखिएका तिनका कविताहरूमा ‘भुटान’ र ‘नेपाल’ इतिहास पठन हो । भविष्यले राखेको परिवर्तन र न्यायको निम्ति गरिएको कामना र मानिसहरूको आत्मनिण्र्ायको बाटोमा आइपरेका आँधीहुरीको दस्तावेज पनि । ‘मन’ र ‘बर्खा’ पठनमा आक्रोशको न्यारेसन मात्र गर्नुपरेकोमा चिडिनेहरूका लागि राखिएको जीवनको गीत हो । जुन गीत मानिसहरूको टेक्ने जमिन चिरेर निस्किएका हुन् । सीमान्तकृतहरूको ‘कथा’ भित्र आउने नायक र खलनायकहरूको कोलाज, निषेधित विषय र मुक्तिको मार्गहरू चिनाइने लस्करमा ‘चौकी’, ‘दैलो’ र ‘भित्ता’ रहेको छ । राजाको काव्यिक उत्कर्ष भने पहिलो लस्करमा परेका ‘हस्तक्षेप’, ‘हर्कबहादुर’, ‘सत्ता’, ‘कुना’, ‘उज्यालो’ र ‘पछिल्लो बेन्चबाट’ मा छ ।
समग्रमा राजाका कविता र्‍यान्डम शैलीमा आएको मानिसको आवाज हो । तिनको स्वर पिन्चे नभएर निर्भीक छ । यसअघि सुस्तरी बोलेर विरोध हुन्थ्यो, राजा जोडले कराएर विरोध गर्छन् । रूपवादी अति ढाँंचाबाट निकालेर राजाले काव्यिक स्वरलाई सहज हुने ढाँंचा अघि ल्याएका छन् ।
तर ‘अर्को लस्कर’ जति हो, त्यो सधैँको निम्ति होइन । फेरि अर्को लस्करमा आइपुग्दा राजाको विचार र कलाले नयाँं अभिव्यक्ति मार्ग खोज्न सक्छन् । तिनी विचारको दास हुने चरित्रका कवि होइनन् ।

No comments:

Post a Comment