कविताको बाटो


 

 अर्नेस्ट हेमिङवेलाई एक युवकले भनेछन्, 'म लेखक बन्न चाहन्छु ।'

हेमिङवेले सोधेछन्, 'तिम्रो घाउ कहाँ छ ?'

'घाउबिना, घाइते नभई कोही लेखक हुन सक्दैनन्,' हेमिङवेको भनाइ अहिलेका कविहरूमा खोज्ने हो भने के पाइँदो हो ? हस्तक्षेपी विचारका भारतीय नेपाली कविहरूले त्यो घाउ शक्तिकेन्द्रले भारतीय नेपालीहरूको भाषकि, सांस्कृतिक, सामाजिक, राजनीतिक क्षेत्रमा गरेको हेलाहोचोबाट प्राप्त गरेका हुन् । यसकारण्ा युवा कविहरूको कविताको मूल स्वरमा प्रतिरोधी चेत पाइनु स्वाभाविक हो । टेरी इगल्टन साहित्यलाई विचारधाराको प्रतिनिधि मान्छन्, हामी त्यही विचारलाई सामूहिक हेतुको निम्ति कवितामा राख्छौँ ।

........................

अरबी कवि इमान मार्सललाई लाग्छ, उनले कवितालाई इराक र कुवेतबीचको द्वन्द्वबीचबाट टिपेकी हुन् । इराकलाई नष्ट गर्न अमेरिकीले पिछा गरेको नाङ्गो आँखाले देखेकी कविलाई प्यालेस्टिनी स्वाधीनताको द्वन्द्वले पनि शब्द दियो । 'कविता आफैँ एक प्रत्यक्ष राजनीतिक धारा हो,' तिनी भन्छिन्, 'मैले जहिल्यै पश्चिमी लोकतन्त्र अथवा नवजागरण्ासम्मलाई शंका गरेको छु ।'

आफैंलाई मुर्दाको सन्तान भन्न रुचाउने मार्सल आफूलाई कहिलेकाहीं फोहोर फ्याँक्ने टोकरी देख्छिन् । भन्छिन्, 'यी मानिसहरू मभित्र सबै कुरा हाँक्छन् । किनभने उनीहरू जिउँदा हुन् । मैले त्यो जिउँदोपन बचाइदिनुपर्छ ।'

एन्टोनियोे ग्राम्स्कीले 'द पि्रजन नोटबुक' द्वारा जुन 'कल्चरल हेजिमोनी'को डिस्कोर्स अघि ल्याए, त्यो अहिले भारतीय नेपाली कविताको स्वभावमा पनि थाहा पाउँछौँ । जसरी इमान मार्सल आफूलाई 'कन्टेनर' देखाएर इराकमाथि भइरहेको अमेरिकी दादागिरीबारे डिस्कोर्स अघि सार्छन् । माक्र्सले भनेको शोषण्ाको प्रमुख कारण्ा 'पुँजी'बाट सरेर ग्राम्स्कीको 'कल्चरल हेजिमोनी' मा आइपुग्दा केन्द्रले शोषण्ाका नयाँं नयाँं 'र्फम'हरू कहाँ कसरी उत्पादन गरेको छ भन्नेे खोजमा छन् यताका कविता ।

अघिल्लो पुस्ताका हिन्दीका कवि चन्द्राकान्त देवताले एक ठाउँ भनेका छन्, 'भूमण्डलीकरण्ाले जुन जुन र्फमबाट शासनको नयाँ विम्ब खोजिरहन्छ, क्रान्ति र कविताले पनि त्यसै गरिरहेको छ ।' यतिखेर प्रकाश झाको पुरानो फिल्म 'दामुल' निकै सान्दर्भिक हुन्छ । विश्वस्तरमा महाशक्तिहरूको खेल देखाउन बिहारको एउटा गाउँलाई फिल्ममा नायक बनाइएको छ । ग्रामीणस्तरमा महाशक्तिहरूको ससाना चरित्र देखाएर 'दामुल'ले बौद्धिक जगत्मा हलचल ल्याएको थियो । अल्पसंख्यकमाथि सधैँ शासन गर्ने बहुसंख्यकहरूको वर्चस्वलाई नायकको रूपमा स्थापित गर्ने भारतको संघीय प्रण्ाालीले भारतीय नेपालीहरूको जातीय, भाषकि र सांस्कृतिक मूल्यहरण्ा कसरी गरेको छ, त्यसको खोजमा निस्किएको विचार हस्तक्षेपी कविताले बोक्छ । यताको कविताको नयाँ बाटो यही हो ।

....


धेरैपल्ट नेपालका काव्य संवाद अनि बहसहरूमा आफूलाई राखेर हेर्दा एउटा उकुसमुकुस चाल पाउँछु । जब कविता सुनाउन उभिन्छु, तब एउटा प्रश्न उठ्छ सर्पजस्तो र ठुङ्छ ।

'नेपाललाई म के सुनाइरहेको छु ?'

मार्सलले स्रोताले सुन्ने कविबाट राख्ने अपेक्षालाई कविले कति महत्त्व दिने भन्ने सबाल उठाएकी छन् । तर मञ्चमा जति कवि तनावमा हुन्छन् उति तनाव स्रोतामा पनि हुन अनिवार्य मानिन्छ । मार्सलले मलाई तनावलाई हेर्ने भङ्गी दिएकी छन् ।

नेपालका आख्यानकार राजन मुकारुङसित धेरैपल्ट चर्काचर्की, धेरैपल्ट बोक्राबोक्री धेरैपल्ट चुपचाप चुपचाप उठबस भइसक्दा उनीबाट धेरै कुरा थुत्ने मौका पाएको हुँ । '५० को दशकले वारि र पारिबीच खाडल खन्यो,' यसो भनेका थिए एकपल्ट तिनले, 'अब त्यो खाडलबीच उभेर संवाद गर्ने वर्ष सुरु भयो ।'

अहिले त्यो संवादको क्रम जारी छ । नेपालका कविहरूलाई सुन्दा मलाई सधैँ लाग्यो, नेपाली कविताको उचाइ द्वन्द्वले थपेको हो । युवा कविहरूले त्यही द्वन्द्वबाट कठोर शब्दहरू टिपे । जुन शब्द कति रगतले, कति पसिनाले, कति सपनाले छपक्क भिजेका छन् । भारतमा बसेर एक नेपाली कविले सोच्न सक्छन् कि मार्सल अनि नेपालका युवा कविहरूले मुर्दाबाट जीवन टिप्छन् ।

नेपालमा आदिवासीहरूको पहिचानको मुद्दालाई साहित्यले सम्बोधन गरिरहेको यो समय झारखण्डका कवि निर्मला पुतुल र अनुज लुगुण्ाहरूको पनि हो । निर्मला र अनुजहरूले आदिवासी डिस्कोर्सलाई केन्द्रमा ल्याएका छन् । भूमण्डलीकरण्ाको चापमा आदिवासीले गुमाउनुपरेको मूल्यलाई आदिवासी कविताले सम्बोधन गर्नु चानचुने युद्ध होइन । भारतको निम्ति भूमण्डलीकरण्ा नै द्वन्द्व हो । त्यसको प्रतिरोधमा हिन्दी कविताले आदिवासी डिस्कोर्ससमेत प्राप्त गरेर समृद्धि भेटेको छ । मराठी कवि नोमदेव ढसालले 'अम्बेडकरवाद' र माक्र्सवादको समन्वयबाट 'दलित कविता' अघि ल्याए नयाँं डिस्कोर्ससितै । यी दलित कविलाई देशको मूल भाषा र साहित्यले सधैँ निषेध गर्‍यो । त्यसैको विरुद्ध लडे तिनी । दलित अस्मितालाई जिउँदो राख्न राजनीतिक चेतका दलित कविताहरू यसरी आए कि केन्द्रले त्यसलाई मूलधारको डिस्कोर्स मान्न कर लाग्यो । 'राजनीतिबेगर कविता हुँदैन, यो एक दलितले भन्न सक्छ,' तिनले भनेका छन्, 'जसले राजनीतिबेगर कविता हुन्छ भन्छ ऊ दलित होइन ।' यहींनेर अर्नेस्ट हेमिङवेले भनेको 'घाउ'ले अर्थ प्राप्त गर्छ ।

नेपालको द्वन्द्वपछि आएका कविता हामी यता -भारत) का पाठकले पढेर थाहा पाउँछौँ, त्यहाँको अन्तरद्वन्द्व, सांस्कृतिक मूल्य, राष्ट्रको शक्ति र रूपान्तरण्ाको सपना । त्यसबाहेक पनि त्यहाँका नागरिकहरूबीच चलिरहने मूल्य स्थापनाका द्वन्द्वसमेत कविताले बताइदिन्छ । बग्दादका कवि सिनान अन्तनुले युद्धले इराकको सामाजिक मनोविज्ञान कसरी तयार पारेको छ, कवितामै भनेका छन्:

'रगतमा डुबिरहेको ब्रस उठाएँ

र बनाएँ युद्धको भित्तामा दुईवटा खिर्की

एकबाट देखेँ युद्ध

अर्कोबाट देखेँ आमा

आमा

जो कफन बुनिरहेकी थिइन्

पेटको बच्चाको निम्ति ।'

अमेरिकन 'सिविल वार'पछि टोनी मरिसनले एउटा निष्कर्ष निकालिन् र भनिन्, 'राजनीतिबिना साहित्यको अर्थ रहन्न ।' कविहरूको राजनीति भनेको मूल्यको पुनस्र्थापना नै हुन्छ । मरिसनले यही कुरा 'विलभ्ड' मार्फत भनिन् ।

हामीले कत्तिको भन्यौ त ?

भारतीय नेपाली साहित्यमा अहिले हामी त्यही खोजिरहेका छौं ।

......................

मलाई थाहा छ, सकेसम्म मैले चिनेका नेपालका युवा कविहरू द्वन्द्वको गोहो पछ्याउँदै हिँड्छन् । भत्किएको सपना हातमा उठाएर उनीहरूले हेरेको हिमाल कस्तो रङको देखिन्छ, त्यो उनीहरूको नेपाली कविताको रङ हुन्छ । आन्तरिक राष्ट्रवाददेखि सिङगो राष्ट्रवादसम्मको मूल्य निर्धारण्ामा कविहरूको मत स्पष्ट देखिन्छ । महेश पौड्यालहरूले 'कवितामा नेपाल' खोजिरहेका छन् । उनीहरूलाई लाग्न थाल्यो कि नेपाली कविताको मूल्य प्रादेशिक होइन । यी कविताहरू देशको सिमाना काटेर जाँदा के के लिएर जान्छन् ? त्यसको चिन्ता युवा पुस्तालाई परिसक्यो ।

..........................

म काठमाडौंमा 'क्याफे कविता'मा उभिएको थिएँ । कविता सुनाइसकेपछि मैले आफैंलाई सोध्ने प्रश्न थियो, 'के सुनाइस् त नेपाललाई ?'

सुन्नेले के भारतीय नेपालीको समाज सुन्यो ? वास्तवमा आजको पुस्ता धेरै सांस्कृतिक तनावमा छन् । उनीहरूको कविताले समाजको मनोविज्ञानलाई ठीकसित टिप्न सकेन भने शंका गर्ने ठाउँ हुन्छ । आलोचकहरूले नेपाली कविता र भारतीय नेपाली कविताभित्र लुकेको समाजको रौद्ररूपलाई केलाइदिने हो भने निस्किने जवाफ रूपान्तरण्ा नै हुँदो हो । त्यो चाहे सांस्कृतिक होस्, राजनीतिक होस्, सामाजिक होस् अर्थराजनीति होस् । हरेक मुलुकको साहित्यमा पाइने स्वभाव यही हो । तर नेपालका कविहरूको सपना र भारतीय नेपाली कविहरूको सपनाको भूगोल फरकमात्र होइन निकै जटिल छ । नेपालको राजनीतिक सपना जे जस्तो होस, कविहरूको कविताले बोकेको सपना नेपालभन्दा ठूलो लाग्छ । नेपालमा भोजपुरका कविलाई देशको राजधानीले सुन्न सक्छ, ती कविको कविताको सपनालाई सम्बोधन गर्ने/नगर्ने सोच्न सक्छ । नेपालको किनारामा परेको कुनै पनि जिल्लाका कविले ठीकसित सपनालाई राख्न सक्यो भने त्यसले काठमाडौं मात्र होइन नेपाल हल्लिन सक्छ ।

तर फरक त्यही नेपाली भाषामा कविता लेख्ने दार्जिलिङको नेपाली कविलाई पश्चिम बंगालले पनि सुन्दैन । यहाँ नेपालीमा कविता लेख्ने कविहरूले पहिलो लडाईँ त भाषासित नै गर्नुपर्छ । राज्यमा चल्ने भनेको बङगला भाषा हो । यतिखेर हामी यसरी पनि सोच्छौँ कि नेपाली साहित्यको शिखर मानिने इन्द्रबहादुर राई बङ्गला साहित्यमा कहाँनेर उभिएका होलान् ? जब खोज्न थाल्छौं, तब तिनी दार्जिलिङ र नेपालको समाजबाहेक कहीँ उभिएको पाउँदैनौं । भाषकि रूपले पनि उपनिवेश बनाइएको ठाउँमा बसेर कविता लेख्ने दार्जिलिङका कविहरूको वैचारिक मनोविज्ञान कस्तो हुन्छ ? यसैको अध्ययनतिर एक पुस्ता लागेका छन् ।

संवैधानिक मान्यता पाएको चौबीस भाषाको साहित्यले भारतीय साहित्य बन्छ । नेपाली साहित्यबिना भारतीय साहित्य पूरा हुँदैन । अन्य भाषाहरू छिचोल्दा भारतीय नेपाली साहित्य धेरै माथि उठिसकेको हुनुपर्ने तर त्यसो भइरहेको छैन । राज्यले सम्बोधन नगर्ने भाषामा कविता लेख्नु यताको संघर्ष हो । साहित्यिक सिमाना नहोला तर राजनीतिक सिमाना सबै सर्जकहरूसित रहन्छ । पहिले त उसले समाजसित लड्छ, समाज बनाउन । त्यसपछि राज्यसित लड्छ, राज्य बनाउन । यसरी नै कविको कविताले विभिन्न मुलुकमा आफ्नो भाषा र देशलाई प्रतिनिधित्व गर्दै कला र वैचारिक क्षेत्रमा हस्तक्षेप गर्दै जाने हो ।

..................

साहित्य अकादमी दिल्लीले 'इन्डियन यङ पोएट मिट'मा बोलायो । दिल्लीमा २४ भाषाका युवा कविहरू भेला भएर गरेको चिन्ता एउटै थियो कि कसरी मूलधारमा ती जम्मै भाषाका साहित्यलाई ल्याउने ?

'केन्द्रले बोलाएर आउने कुरा होइनन् यी । एउटा कुरा के स्पष्ट हुनुपर्छ भने उपान्तमा रेहका भाषाका साहित्य केन्द्रमा आएको केन्द्र चाहन्छ कि चाहँंदैन, त्यो स्पष्ट छैन,' मैले भनेँ, 'उपान्तमा रहेका भाषा र साहित्य संघर्षले नै केन्द्रमा आइपुग्छ ।' बहस अकादमीले अनुवादलाई तीव्रता दिने निष्कर्ष निकालेर टुंग्यायो । तर त्यो अनुवादको तीव्रता दिल्लीमै हरायो ।

अर्कोपल्ट दिल्लीमा कविता सुनाउँन जाँदा आफूलाई 'पराई' अनुभव गरियो । अंग्रेजी र हिन्दीमा आएका कविताले चर्चा पाउने अरू भाषाका कवितामा मौन हुने । जब मैले हिन्दीमा सत्ताको बद्नीतिमाथि कविता सुनाइरहेको थिएँ, ताली बजाउनेहरू उनीहरू नै थिए । म देशको खराब शिक्षा प्रण्ाालीलाई औल्याउँदै हरेक प्राथमिक पाठशालालाई 'भान्साघर' बताइरहेको थिएँ, उनीहरूको दिमागबाट आगो निस्किएको थियो । गरीबलाई सधैँ गरिब बनाउन गरिबका नानीहरूलाई भात र अण्डाको लोभमा स्कुल पुर्‍याउने विचार कति खतरनाक हो ? त्यो जोसुकैले बुभmने कुरा होइन । स्कुललाई भान्साघर बनाउनको साटो शिक्षा प्रण्ाालीलाई दुरुस्त गर्नुपर्ने हो, तर नीति निर्धारकहरूलाई लाग्छ- यी गरिबका नानीहरूलाई प्रतियोगितात्मक शिक्षाको खाँचो छैन ।

........................

एउटा दुर्गम ठाउँमा कविता सुनाइरहेको थिएँ । धाप भन्ने त्यो गाउँका मानिसहरूले जीवनमा कहिल्यै कविता सुनेका थिएनन् । सम्भिmएँ, यिनीहरू जो कविता सुन्न आएका छन्, गाईलाई घाँस काट्नु छ । छोराछोरीको स्कुल ड्रेस धोइदिनु छ । रासन लिन दोकान जानु छ, जोसित उधारोमा ल्याउनुपर्ने सामानहरूको लामो फेहरिस्त छ । त्योभन्दा पनि प्रमुख कुरा राजनीतिक पार्टीको मिटिङमा गइदिनु छ । सुनिदिनु छ । सुनेर रित्तै फकिर्नु छ अनि सधैँ यस्तै बाँचिदिनु छ । हो, यतिखेर कविता सुनाउन गाह्रो हुन्छ । उनीहरूको पीडालाई सम्बोधन गर्न सकिएन भने निम्नातिनिम्न वर्गमा पुगेर कविताको मृत्यु हुन्छ । यी मानिसहरूबीच कवितालाई जिउँदो राख्नु लरतरो कुरा होइन । कविताले जबसम्म उनीहरूसित संवाद गर्न सक्दैन तबसम्म त्यो कविता बन्दैन सायद ।

कसरी अशिक्षति आमाहरूको गाउँमा अम्बानीजस्ता धनी र तिनका कम्पनीले उनीहरूको दुःखलाई व्यापारमा रूपान्तरण गर्छ, उनीहरूको समस्याबाट कसरी नाफा कमाउँछ, त्यो कुरा उनीहरूले बुभmने गरी भन्नु गाह्रो काम हो । जो अचेलका कविहरूले गरिरहेका छन् । वास्तवमा कविता यस्तै मानिसहरूको अनुहारका छाला हुन् । यस्ता मानिसका फुटेका पाइताला हुन् ।

मिरिक भन्ने ठाउँको टिङलिङमा पनि एकल कविता वाचन थियो । 'कविताको काम उनीहरूको दिमागमा बसेको रुढीलाई भत्काउनु पनि रहेछ,' मसितै गएको कवि राजा पुनियानीले मलाई भनेका थिए, 'उनीहरू आफ्नै जीवनबाट टिपेको विम्ब सुन्न पाउँदा जति रमाए, त्योभन्दा धेर कविता सुनेर जीवनलाई पढ्ने नयाँ भाषा पनि उनीहरूले पाए ।'

मलाई लाग्छ, कवि राजा पुनियानीले एउटा कविले देखेको सपनालाई छेउमा पाएका हुन् । त्यो तिनको विश्वास पनि कविताको निम्ति एउटा प्राप्ति थियो ।

.......................

काठमाडौँको 'क्याफे कविता', 'मण्डला थिएटर' र विराट नगरको 'आरोहण्ा गुरुकुलमा' मा उभेर कविता भन्दै गर्दा राष्ट्रले सम्बोधन गर्न बिर्सिएका ती मानिसहरूको पीडाको गन्धलगायत राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा मानिसहरूलाई परेको संकटलाई सम्बोधन गर्नु गाह्रो थियो । आख्यानकार नारायण्ा ढकालले भने, 'दार्जिलिङको कवितामाथि बनेकोे मेरो पूर्वाग्रह आज तोडियो ।' तिनी दार्जिलिङलाई लिएर निकै 'नोस्टाल्जिक' थिए, 'शोकमग्न यात्री' पढेपछि थाहा पाएँ । तिनी भोकले रन्थनिएर दार्जिलिङबाट भाग्नुपरेका एक क्रान्तिकारी थिए । विचार र सपनाको सामुन्ने भोक डरलाग्दो संकट थियो ।

नारायण्ा ढकालहरूले गरेको बुट पालिस र कविताले बोकेको आग्रहको फेद दह्रो भएकोले नै आज नेपालका युवा कविहरूले दह्रो भुइँबाट कालजयी कविताहरू लेखिरहेका छन् ।

'तिम्रो कविताको भूगोल र मेरो कविताको भूगोल कति फरक हो भन्ने प्रश्नको उत्तर कविताले नै दिँदो रहेछ,' पन्जाबका कवि मित्र नीतु अरोरा मसित भन्छिन् । तिनलाई लाग्छ, जुन समाज र संस्कृतिबाट कविता निस्किन्छ, ती कविता चाहे नेपाल पुगुन, चाहे बंगलादेश, चाहे पाकिस्तान त्यो आफ्नै भूगोल, इतिहास, संस्कृति, भाषा र वर्ग बोकेर जानेरहेछ ।

झारखण्डकी कवि निर्मला पुतुलले आफ्ना कवितामा जुन आदिवासी गन्ध दिन्छिन्, त्यो विश्वका कुनै पनि आदिवासीसित मिल्दैन । मलाई लाग्छ, नेपालका कविहरूको कुरै छोडौँ, झारखण्डकी निर्मलाले झैं भारतका नेपाली कविले आफूलाई केन्द्रमा राखेर धेरै लेख्न सकिरहेका छैनन् । तेस्रो आयामका, लीला लेखन, संक्रमण लेखन, विचलन लेखन र अहिले किनारीकरण्ाको लेखन र हस्तक्षेप यस प्रयासका खुड्किला हुन् । तीमध्ये हस्तक्षेप सामूहिक प्रतिबद्धता र राजनीतिक आग्रहको छ, त्यो अघिल्लाको तुलनामा निकै अराजक चरित्रको छ ।

कविताले खोजेको नयाँ बाटो यही हो कि !

कान्तिपुर, कोसेली, प्रकाशित मिति: २०७१ कार्तिक १५ १२:५०

No comments:

Post a Comment