लोकतन्त्र, कलबुर्गी र आगो

एमएम कलबुर्गी

जो जड़ छन्‌ त्यो नष्ट हुनेछन्‌,’ कन्नड लेखक कलबुर्गी भन्थे, ‘जो गतिमान छन्‌ त्यो नष्ट हुनेछैन।’ बॉंचिन्जेल उनको जीवन दर्शन यही थियो।  तिनको एउटा नाटक छकल्याणको पतन। जसको टुक्रा यस्तो छ,- आफ्नो समयको समाजको बारेमा बसवेश्वर अफ्नो बहिनी नागलम्बिकासित भन्छ, ‘बहिनीयस्तो लाग्छ कि नराम्रा मानिसको समाजमा जो निकृष्टतम हुन्छउ नै नेता हुन्छ। उसलाई लाग्छ कि धर्मको नाममा केही गर्न सकिन्छयदि उसित केही पैसा होस्‌अनि केही दुष्ट अनुयायी होस्‌।  तर त्यो दिन टाड़ो छैन जब यो पैसाती पूजारीअनुयायी नै उसको मृत्युको कारण बन्नेछ।’ नाटकको यो संवादले  धार्मिक कट्टरपन्थीहरूको मनोविज्ञान र समाजको छाला काढ़ेको छ। वास्तवमा कलबुर्गीको वैचारिक दर्शनको निचोड़ यही संवादमा छ। यही प्रतिबद्ध विचारसित डराउने धार्मिक कट्टरपन्थीहरूले नै विवादित लेखक एमएम कलबुर्गीको हत्या गरिदियो।

...

एउटा कार्यक्रममा नाटककार सीके श्रेष्ठले भनेका थिए, ‘जब ग्यालिलियोले पृथ्वी गोलो छ’ मात्र भनेका थिए। चर्चले तिनलाई नर्कमा जाने श्राप दियो। तिनकोे विरुद्धमा जड़वादीहरू उत्रिए। बजारकम्पनीकट्टरपन्थीहरू एकभएर विरोध गर्‍यो। तर अहिले सबैलाई थाहा छपृथ्वी गोलो नै छ। वास्तवमा सत्य कुरा तीतो हुन्छ। तत्काल नै त्यसलाई पचाउन सकिँदैन। जड़ता फुटेपछि त्यो सत्य आफै स्थापित हुन्छ।’ निरन्तर सङ्‌घर्षमा उत्रिएकाहरूसित यही अदम्य विश्वास बॉंकी रहन्छ।

...

वास्तवमा कुनै पनि क्रान्तिकारीको हत्या गर्न सकिन्छ तर उसको विचार मार्न सकिन्न। अन्तनियो ग्राम्चीलाई पक्राउ गरेपछि सरकारी अधिवक्ताको मुखबाट मुसोलिनीले भने, ‘यसको सोच्ने दिमागमा लगाम लगाउनपर्छ।’ त्यही ग्राम्चीको कल्चरल हेजिमोनी एउटा दह्रो ज्ञान अनुशासन छ। वास्तवमा कसैलाई सोच्नबाट रोक्न सकिन्न तर यसउपर रोक्ने प्रयासहरू चलिरहन्छन्‌। समाजको जरा विचारभित्र हुन्छ। जरा मक्कियो भने समाज ढल्छ। प्यालेस्टाइनी कवि रफिफ जियादालाई इज्रायली सेनाले भन्यो, ‘आतङ्‌कवादी नानी जन्माउनुअघि तँ बलात्कृत हुनु तेरो हक हो।’ इज्रायली दमनको विरुद्ध रफिफले लेखिन्‌, ‘सेड्‌स अफ्‌ एङ्‌गर। कविताले प्यालेस्टाइनी जीवनको उत्स छेक्ने हजारौँ पर्खालको विरुद्धइज्रायली अतिक्रमणले निलेको संवेदनाको सुरक्षा र सत्ताखेलले मानिसलाई खुवाउने स्लो पोइजन बारे बोल्नु आफ्नो काम मान्छ। इज्रायली अतिक्रमणले डामेका कवि रफिफ जियादा उपनिवेश बनाउनअघि मलाई मेरो मातृभाषामा बोल्न दे’ भनिरहन्छिन्‌। कविताभन्दा पनि शक्तिशाली लाग्ने यो वाक्यले पाठकमा त्यतिखेर सौन्दर्य छर्छ जतिखेर फ्यालेस्टाइनी सङ्‌कटलाई उसले पढ्‌न सक्छ। आतङ्‌कवादी जन्माउनेलाई बलात्कार गर्नुपर्छ भन्ने भाषाकै विरुद्ध रफिफहरू भन्छिन्‌, ‘हामी मृत्यु होइन जीवन सिकाउँछौँ।

...

जीवन सिकाउनु लरतरो कुरा होइन। हस्तक्षेप’-को विमोचनमा युवा कवि राजा पुनियानीले भने, ‘हामी थुनुवा छौँ। एउटाबाट उम्किने वित्तिकै अर्कोले थुन्छ। सत्तालेबजारलेविचारलेचेतनाले जहिल्यै थुनुवामा पारेपछि हाम्रो जीवन खुम्चिँदै जान्छ। हामीलाई थाहा हुन्न कि जुन जीवन हामीसित छत्यो हाम्रै हो कि कसैले बनाइदिएको हो। यतिखेर थुनुवामा परेको जीवनलाई मुक्त गर्न लेखनले मानिसलाई सघाउनुपर्छ।
वास्तवमा तिनी पनि रफिफले झैं जीवन सिकाउने कुरा नै गरिरहेका थिए। कुरा गर्नुबोल्नु धेरै गाह्रो कुरा हो। जतिखेर खास बोल्नुपर्ने कुराहरू बोलिन्छत्यो कुरालाई थुनुवामा पार्ने जुक्ति चल्छ।

...

जतिखेर मानिसहरू बोल्न सकिरहेका थिएनन्‌ललित गोलेलाई लाग्यो, ‘नाटकले बोल्न सिकाउने भार कॉंधमा लिनैपर्छ।’ भानु र पाला 1986-को सङ्‌कटमा बोल्न सिकाउन आएको कलात्मक कर्म थियो। भर्खरै कालेबुङमा यही भानु र पाला-3 मञ्चन भयो। यसमा एउटा पात्रले भनेको छ, ‘पहिले बोल्ने परिस्थिति थिएनअहिले बोल्ने परिस्थिति छतर कोही बोलेका छैनन्‌।
नाटक सकिने वित्तिकै हल्ला सुनियो, ‘नाटककारहरूलाई बुढ़ोले दार्जीलिङ बोलायो रे त हौ।’ कलाले आम मानिसको भाषा बोलेपछि सत्ता यसरी डराउँछ। बोल्नै नसकिने बेला अर्थात गोरामुमोकालमा ललित गोलेहरूलाई सुबास घिसिङले यसरी बोलाएनन्‌। अहिले बोल्न सकिने बेला चाहिँ?
कुनै पनि कलाकारको घॉंटी रेट्‌न सकिन्छआवाज थुन्न सकिन्न। कुनै पनि मानिसको टाउको छिनाउन सकिन्छविचार छिनाउन सकिन्न। तर आवाज थुन्ने र विचार छिनाउने प्रयास चलिरहन्छजब यस्तो प्रयास चल्छत्यो सत्ता त्यहीदिनदेखि धर्मराउन शुरु हुन्छ।
के यो भनाई विस्तारै स्टेरियोटाइप्ड बनिरहेको त छैन?

...

सत्तालाई सबैभन्दा धेर डर कतिबेला लाग्छ?
जब मानिस बोल्छन थाल्छन्‌। सत्ताको आदर्शलाई दुत्कारेर आफ्नो आदर्शको निर्माणमा जुट्‌छन्‌। जब राजनैतिकधार्मिकसांस्कृतिकसामाजिक विसङ्‌गतिविरुद्ध बोलेर कसैले पनि जीवन सिकाउन जीवनलाई जोखिममा राख्छन्‌। त्यतिखेर सत्तासितजड़वादीहरूसितकट्टरपन्थीहरूसित रहने अन्तिम विकल्प भनेको हत्या नै हो। किन भने  मोदी सरकारले मानिसलाई प्रदान गरेको लोकतान्त्रिक सत्ताकोे भुइँ कति बलियो हो त्यो प्रोफेसर कलबुर्गीको छाती र टाउको छेँडेर निस्किएको बन्दुकको गोलीले भर्खरै बताइदिएको छ।

...

हम्पी विश्वविद्यालयका पूर्व भीसी डा. कलबुर्गीको धरवाड़ स्थित घरमा बिहान 8 बजेर 40 मिनट हुँदा डोरबेल बज्यो। जस्तो तिनले दैलो खोले दुइवटा गोली आएर एउटा छातीमा एउटा टाउकोमा लाग्यो। त्यसपछि लेखक-पाठक संसारमा आगो लाग्यो। त्यो आगोले अहिले देशभरि प्रतिरोधको भाषा बोलिरहेको छ।
कलबुर्गीको दोष के थियो भने तिनले विचारलाई जनतासामु ल्याए। त्यही विचार दबाउन जुन गोली हानियोत्यसले के सावित गर्छ भने यो देशमा बोल्नु अब खतरनाक काम भइसक्यो। यो मोदी सरकारको लोकतन्त्र हो। जुन काम लेखकहरूको धर्म होत्यही धर्म नष्ट गर्ने विचारको विरुद्ध देेशभरि लेखकहरूले असुरक्षित अनुभव गरिरहेका छन्‌।
किन?

...

लोकतन्त्रमा आदर्शनामको केही कुरा बॉंच्न अनिवार्य छ। विचारको प्रतिरोध विचारद्वारा नै भएमात्र त्यो आदर्श बॉंच्छलोकतन्त्रको अर्थ रहन्छ। तर विचारको प्रतिरोध गोलीद्वारा गरियो भनेत्यो लोकतन्त्र कस्तो हुन्छकलबुर्गीको हत्याले धेरै प्रश्न उठाउँछ। देशभरिका लेखकहरूले लेखकको हत्या गरिए पनि उनको विचारलाई मार्न सक्दैन’ त भनिरहेका छन्‌ तर यो हत्याको प्रतिरोधमा उठेको आवाज होइन। यो एकप्रकारको गिडगिड़ाइ होजसको अन्तर्यमा प्रतिरोधी चेतना मरेको छ। अब लेखकले लेख्ने कि मर्ने?’ भन्ने प्रश्नको उत्तर यो देशमा नै खोज्न निस्किएन भने लेखन सङ्‌कटमा पर्ने निश्चित छ। छैन त?

...

लोकतन्त्रको नाममा फासीवादी विचार तिखार्ने खेलमा गर्व गर्ने सरकारकानून र विचारले दिने दुरगामी प्रभावहरूको खासखास कारणको खोज गर्ने पुस्ता मागिरहेको छ यो समयले।
75 पार गरेका बुढ़ो लेखक कलबुर्गीको दोष यति नै थियो जसले असहमतिको लोकतन्त्र स्वीकार गरिरहेका थिएनन्‌। तिनी निरन्तररूपमा धार्मिक कट्टरताविरुद्ध बोलिरहेका थिएछुवाछुतब्राह्मण्डवादउचनिचराजनैतिकसामाजिकसांस्कृतिक धार्मिक बराबरीको पक्षमा बोलिरहेका थिए। उनको बोल्नु कसलाई खतरा भयोजसलाई खतरा भयोउसले बन्दुक उठायो। कर्नाटक कानूनले हतियार उठाउनेलाई कार्वाही गर्छ कि धर्मलाई आधार गरेर राजनीति खेल्छलेखकहरूको लेखनस्वतन्त्रता सुरक्षित गर्छ कि फरक मत राख्नेहरूलाई नष्ट गर्छ?
अब कानून कसको पक्षमाअब राजनीति कसको पक्षमाअब साहित्य कसको पक्षमाअब कलम कसको पक्षमासत्ता कि जनताजड़ता कि गतिअब संवेदना कसको पक्षमाधार्मिक कट्टरपन्थीहरूको पक्षमा कि बराबरीको धार्मिकस्तरको पक्षमादेशभरिका मानिसले हेरिरहेका छन्‌।
...

कलबुर्गीले 1 सयभन्दा धेर किताब लेखेका छन्‌।  साहित्य एकादमी पुरस्कार प्राप्त गरिसकेका हुन्‌। विशेष गरीे 12 औँ शताब्दीका कन्नड़ सन्त कवि बस्वनाको विचारलाई तिनले फेरि जनतासामु ल्याएका थिए। तिनी भन्थे, ‘लिङ्‌गायत जो बस्वनाका अनुयायी हुन्‌यसलाई धार्मिक अल्पसंख्यकको मान्यता प्रदान गरिनुपर्छकिन भने यो वैदिक परम्पराको हिस्सा होइन।’ तिनले बस्वना परम्परामाथि विशद अध्ययन गरेका थिए। बस्वनासहित कन्नड़ लोक परम्परामा आधारित पुस्तक मार्ग’ सार्वजनिक भएपछि तिनलाई धार्मिक कट्टरपन्थीहरूबाट अनेकौँ धम्की आयो। मुर्तिपूजा बन्द गर्नुपर्ने मुद्दामा युआर अनन्थमुर्तिको समर्थन गरेपछि अझ उनी खतरामा परेका थिए। कलबुर्गीको हत्यापछि एउटा ट्वीट चर्चामा आयो। कर्नाटकको बजरङ्‌ग दलको एक कार्यकर्ता भुविथ शेेट्टीको त्यो ट्वीट यस्तो थियो- अघि अनन्थमुर्ति अनि अब कलबुर्गी। हिन्दू धर्मको खिल्ली उड़ाऊ अनि कुकुरजस्तो मर। प्रिय केएस भगवान अब तिम्रो पालो हो।’( केएस भगवान प्रोफेसर हुन्‌तिनी मैसुरमा बस्छन्‌तिनलाई सरकारी सुरक्षा दिइएको छ।)  यसबाट स्पष्ट हुन्छधार्मिक अन्धता र जड़ताविरुद्ध कलबुर्गीको विचारसित धेेरै सहमत थिएनन्‌। कलबुर्गीलाई अर्को आरोप थियोतिनले हिन्दू देवी देवताहरूको अपमान गरेका छन्‌। कर्नाटक सरकारले अन्धविश्वास विरोधी विधेयकलाई समर्थन गरेपछि कलबुर्गीको पुतलासमेत जलाइयो। तिनलाई पुलिसी सुरक्षा प्रदान गरिएको थियो तर हत्याको केहीदिन अघि तिनले यो सुरक्षा पनि फिर्ता गरेका थिए।  किटान गरेर भन्न सकिँदैन कि वास्तवमा कलबुर्गीको दुश्मन को थिएविश्लेषकहरूलाई लाग्छदक्षिणपन्थी स्थानीय समूह कलबुर्गीको मूर्तिपूजा र अन्धविश्वास सम्बन्धित विचारसित खुशी थिएनन्‌। किन भने एउटा सेमिनारपछि कर्नाटकको बजरङ्‌ग दलश्रीराम सेनाविश्व हिन्दू परिषद रिसाएको थियो।

...

समाजलाई डोहोर्‍याउने अनि असल विचारका पैरवी गर्नेहरू जहिल्यै खतरामा छन्‌। धर्मको रक्षा गर्ने बहानामा हत्या गर्नु जायज मान्ने धार्मिक कट्टरपन्थीको अपराधलाई कसले पश्रय दिइरहेको छयो खोजको विषय हो तर यसखाले घटना यो नयॉं होइन। केही समय अघि बङ्‌गलादेशमा तीनजना युवा व्लगर्सको हत्या गरियो। सिरियामा इस्लामिक स्टेटका कट्टरवादिहरूलेे खालिद अल.असद नामक अध्येतालाई मार्‍यो। महाराष्ट्रमा दुईवर्ष अघि तार्किक डा. नरेन्द्र दाभोलकरको हत्या भयो।  त्यहीँ गोविन्द पन्सारेले शिवाजीमाथि पुस्तक लेखेका थिएजहॉं शिवाजीलाई कृषकहरूको हितैषी देखाएका थिएत्यो हिन्दू कट्टरपन्थीहरूलाई ठिक लागेन। नेपालमा पनि अमर न्यौपानेको किताब जलाइएको थियो। सलमान रूस्दीले यस्तै सङ्‌कट भोेगिसकेका छन्‌। चित्रकार एमएफ हुसैनले पनि धम्की खाइसकेका हुन्‌। तस्लिमा नसरिन निर्वासित बनिन्‌। पाकिस्तानी सलमान तासीरको हत्या इसाही महिलाको सुरक्षा गरेको आरोपमा गरियो। जबदेखि धर्मलाई लिएर राजनीति हुनथाल्यो तबदेखि नै  विचार सङ्‌कटमा परेको हो। सङ्‌कटमा परेका विचारको सुरक्षा लेखकले नै गर्छन्‌। कलबुर्गी जातिप्रथामुर्तिपूजाको विरोध गरिरहेका थिए। यसको अर्थ बराबरीको समाजको वकालत पनि गरिरहेका थिए। यस्तोमा हिरो’ बनेर बसेको निश्चित धार्मिकराजनैतिकसामाजिकसांस्कृतिक विचार अनि त्यसको पूजालाई नै धर्म मानेर बसेको समाजले समान मान्यताको सोचलाई स्वीकार गर्न त्यति सहज हुँदैन। कलबुर्गीको हत्या त्यही सत्य स्वीकार गर्न नसक्ने समाजले गरेको हो तब्राह्मणवादी हिन्दू धर्मजसले जातिगत पदक्रमलाई धार्मिक संहिता मान्छयसै जड़ताको विरुद्ध त कलबुर्गीहरू बोलिरहेका थिए। तिनको बोली थुन्ने हतियार के गोली हो?

...

कलबुर्गीको हत्याले लोकतन्त्रको अर्थ अर्कै बताइरहेको समय छ। एकजना लेखकको हत्या हुँदा जसरी देशमा आगो फैलियोके त्यो आगोले कसैलाई पोल्छकि आगोले पनि आगोको रङ मात्र प्रदर्शन गररहेको छनेपाली सर्जकहरूभित्र पनि कुनै आगो बॉंकी छ कि?

विचारविहिन शब्दहरूको थाकमा सुत्ने लासलाई मेरो सलाम छ

देश मुर्खहरूको भए अरुन्धती पनि मुर्ख भइगए

ds Count: 246  |   
कवि मनोज बोगटी
कवि मनोज बोगटी
मनोज बोगटी नेपालीभाषी भारतीय कवि हुन् । भारतको दार्जलिङमा बसेर काव्य क्षेत्रमा हस्तक्षेप आन्दोलन चलाइरहेका बोगटी आम मानिसले बुझिने भाषामा तिख्तर कविता लेख्न सिपालु छन् । उनको पछिल्लो कविता सङ्ग्रह ‘काफरे अमेरिका’ धेरै पाठकले रुचाएको कृति हो । विचारसहितको कविता नै साँचो कविता हो भन्छन् उनी । पछिल्लो समय स्वर्णभूमि दैनिकको सोमबारे परिशिष्ट ’शब्द’मा अल्झिएको बताउने बोगटी हालसालै नेपाल आउने योजना नभएको बताउँछन् ।
प्रस्तृत छ, साहित्य एकेडेमी पुरस्कारबाट समेत पुरस्कृत भईसकेका उनै कवि मनोज बोगटीसँग खबरडबलीका लागि राजु स्याङ्तानले गरेको सम्वाद ।

साहित्यमा तपाईँ हस्तक्षेप आन्दोलन चलाइरहनु भएको छ, के हो हस्तक्षेप आन्दोलन भनेको ?
हस्तक्षेप, समाजमा मनोवैज्ञानिकरूपले स्थापित गरिएको सत्ताआदर्श, जो मानिसले बाँच्नु पाउने परिवेशको ठीक विपरीत छ, त्यसलाई तोड्ने किसिमको अनि निश्चल मानिसको आफ्नै आदर्श निर्माणको निम्ति गरिनुपर्ने साहित्यिक संवाद हो । सत्ता चलखेलले जीवनलाई जीवन हुनबाट कहाँ कहाँ कसरी कसरी रोकेको छ ? त्यो देखाउने औंली हो, हस्तक्षेप । हामी दार्जिलिङमा नेपालीभाषी जो छौँ, उनीहरूलाई राज्य सत्ताले भाषिक, प्रशासनिक, सांस्कृतिक, अर्थ नैतिकरूपले सधैँ पाखामा पार्ने जुन जुक्ति गर्छ, त्यो कठोर समयले आग्रह गरेको एउटा साहित्यिक बाटो हो, जहाँबाट हिंड़ेर समाजले जम्मै किसिमको हेपाइबाट मुक्त हुने स्पेस भेटुन् भन्ने हाम्रो सपना हो ।

सत्ता चलखेलले जीवनलाई जीवन हुनबाट कहाँ कहाँ कसरी कसरी रोकेको छ ? त्यो देखाउने औंली हो, हस्तक्षेप ।
तपाईकै भाषामा सत्ताआर्दशहरु भत्काउन के साहित्यिक आन्दोलनले मात्रै सक्छ ? यसका लागि गतिलो राजनैतिक दर्शनको आवश्यकता कत्तिको देख्नु हुन्छ ?
म एकजना सर्जक हुँ । सिर्जनाको माध्यमबाट गर्नुपर्ने काम यही हो । राजनीतिकर्मी, सांस्कृतिकर्मी, सामाजिक कार्यकर्र्ताहरूले पनि आफ्नो ढङ्गले यसरी नै काम गर्नुपर्छ । राजनीतिक थोक, जो समाज सरोकृत छन्, यसलाई बोकेर समाजमा लैजाने काम सिर्जनाले नै बलियोसित गर्छ । राजनीति भन्नाले जुन संस्थाको विम्ब आउँछ वा राखिन्छ, त्यसमाथि विश्वास गरेरै मानिसले उसको आदर्शलाई स्वीकार्छ, तर उनीहरूलाई त्यो सत्तादर्शको नियत, त्यसको उपादेयता, त्यसको चलखेल, स्वार्थलाई कसरी चिन्ने ? त्यसको लागि कुनै माध्यम त चाहिन्छ, त्यो हो साहित्य ।
यसकारण साहित्यिक आन्दोलनले राजनैतिक काम गरिरहेको हुन्छ, त्यो काम कुनै संस्थानिकृत राजनीतिभन्दा धेरै हद प्रभावकारी हुन्छ । मानिसलाई साहित्यले राजनीतिकरूपमा नै बलियो बनाउने काम गर्छ ।
हस्तक्षेपलाई लागेको विश्वास हो, यसले दिने चेतना रगतजस्तो मानिसमा सञ्चार हुनेछ, जसले जीवनलाई जोगाएर राख्न मानिस सक्षम बन्नेछन् ।

हस्तक्षेप अभियानका अभियन्ता राजा पुनीयानी प्रगतिशील स्वर मुखरित साहित्य नै हस्तक्षेत्र अभियानको साहित्यको मुल आधार भन्छन्, हस्तक्षेप अभियान प्रगतिशील श्रष्टाहरुको साहित्यिक अभियान हो भनेर बुझ्न सकिन्छ ?
पक्कै बुझ्न सकिन्छ, प्रगतिशील विचारबिना हस्तक्षेप नै गर्न सक्दैनन् । इतिहास र वर्तमानको समयप्रवाहमा सामन्ती सङ्कीर्णता, औपनिवेशिक दबदबा र  सांस्कृतिक साम्राज्यवादको मातहतमा थोपिएको ‘हेजेमोनी’ चिन्तनको प्रतिचिन्तन गर्दै प्रतिवादी लेखनीसित अघि बढिरहेको हो हस्तक्षेप लेखन । जनपक्षीय विचार मूलमा राखेर शिक्षा, मिडिया र बजारको माध्यमद्वारा व्यवस्थाले कार्यक्रम गरिने गरिएको पाठकको सोच्ने व्यवस्थाभित्र एउटा सिर्जनात्मक हस्तक्षेप गर्ने समूह हो यो। राजा पुनियानीको कुराको आशय पनि यही हो ।

भारतीय समाज असहिष्णु बन्दै गएको छ । भारत मुर्खहरुको देश बन्दैछ भनेर अरुन्धती रोयले भनेको पनि सुन्यौं । तपाई नेपाली भाषी सर्जकहरु बिशाल भारतको एउटा कुनामा बसेर गर्नु भएको आन्दोलनले के परिर्वतनमा टेवा पुग्ला त ?
1920098_349478131859083_1634012671_n
हिन्दुवादी कट्टरपन्थीहरूको नियतलाई प्रोत्साहित गर्ने खेल सत्ताले गरिरहेको कारण नै समाज असहिष्णु बन्दै गइरहेको आजको सन्दर्भ हो। अरुन्धती रोयको लक्ष्य पनि ती नै कट्टरपन्थीहरूसित हो। देश नै मुर्खहरूको हो भन्ने कुरा मान्न सकिन्न, यदि यसै भनिएको हो भने रोय पनि मुर्ख भइगए । हामीले मानेको परिवर्तन संस्थानिकृत राजनीतिक परिवर्तन होइन, असहिष्णु समाज निर्माणका कारण, कारक र कर्तालाई बुझ्ने समाजको स्थापनाको निम्ति साहित्यको बुझाइमा सहयोग गर्छ । साहित्यिक आन्दोलनले चेतनाको स्तरमा परिवर्तन ल्याउनमा सहयोग गर्छ । भारतको सानो कुनामा भइरहेको यो आन्दोलनले त्यो कुनालाई नै असहिष्णु समाज निर्माणका कारण, कारक र कर्ताबारे भनिदिनुसक्यो भने त्यो ठूलो काम हुनेछ ।

मेची नदीले हामीलाई वारीपारी बनाइदियो । हाम्रो पीडा, व्यथा करिव करिव समान छन् । समान उद्देश्य बोक्नेहरुबीच दक्षिण एसिया स्तरको प्रगतिशील साहित्यिक मञ्च बन्न सक्ला ?
पक्कै सकिन्छ। त्यसको निम्ति दक्षिण एसियाभरका समानविचार र उद्देश्यका सर्जकहरूलाई एउटा मञ्चमा ल्याएर विमर्श हुनुपर्ने हो, त्यसो भइरहन सकेको छैन।

त्यो पहल दुबै तर्फबाट किन भईरहको छैन ?
दुवै देशमा आन्तरिक समस्याहरू तीब्र छन्, दुई देशबीचका कतिपय राजनैतिक कारणले पनि यसो हुन पाइरहेको देखिन्न। नेपाल र भारतमा धेरै ठूलो समूहले काम गरिरहेको जस्तो लाग्छ, सिर्जनात्मक भेटघाट भइरहेतापनि मञ्चीय संयोजनले एउटा बिन्दु भेटिरहेको छैन।

नेपालमा एकाथरि कविहरु कविता सरल बोधगम्य हुनु पर्छ भनिरहेका छन् । अर्काथरि कविता सरल सोझो सपाट बर्णन गरिने वस्तु होइन भनिरहका छन्, यस बारेमा हस्तक्षेप आन्दोलनले के भन्छ ?
सरल कविता लेख्नु कविको कलात्मक क्षमतामा भर पर्ने कुरा हो। सरल लेख्न सक्नु कलासम्पन्न कविले सक्ने हो। कविता सपाट वर्णन हुँदै हुँदैन, यदि हुन्छ भनियो भने त्यो कविता नै हुँदैन। हस्तक्षेप भन्छ, कविताले दिने विचारले जुन शैली र कला माग्छ, त्यो मात्र दिइने हो, कला र विचारको विछट्टै सुन्दर संयुक्तिले निर्मित होस् कविता। जुन कविता आम मानिसले पनि बुझ्न पाउन्।
कलाका नाममा अत्याधिक सिंगारिएका कविता, जसको अन्तर्य खोक्रो छ र त्यसको पठनपछि कसैलाई उद्वेलित पार्न सक्दैन, त्यो पनि कविता हुन सक्दैन। कुरा बटारेर केही हुँदैन, सोझो, सरल र स्पष्ट ढाँचाले आमदेखि बौद्धिकसम्मको दिमाग रन्थनाउने कविता नै शक्तिशाली कविता हो। कविताको रूपबारे झगड़ा गर्नु अनावश्यक हो। कविता भनेकै कला हो, यहीँ धेरै चुक्छन्। र, कविताको नाममा तथानाम पनि आउनु भएन। कविता सचेत कारिगरी हो।

कुरा बटारेर केही हुँदैन, सोझो, सरल र स्पष्ट ढाँचाले आमदेखि बौद्धिकसम्मको दिमाग रन्थनाउने कविता नै शक्तिशाली कविता हो। कविताको रूपबारे झगड़ा गर्नु अनावश्यक हो।

आम मानिसले बुझ्ने त लोक गीतहरु हुन् । कवितामा त छुट्टै श्रृङ्गार, माधुर्यता, बिम्ब–प्रतिक, अलंकारयुक्त हुनुपर्छ भन्ने होइन र ?
लोकगीत चाहीँ श्रङ्गार, माधुर्यता, बिम्ब–प्रतिक अलंकारयुक्त हुन्नन् र ? त्यो उनीहरूका बेकारका कुरा हुन् । उनीहरूको बुझाई खराब नियतबाट आएको हुनसक्छ। के उनीहरूले सहज, सरल कविता श्रृङ्गार, माधुर्यता, बिम्ब प्रतिक अलंकारयुक्त हुँदैन भनेर देखाउन सक्छन् ? जसले यस्तो कुरा सोच्ने गर्छन्, उनीहरू धेरै भ्रमले सिकिस्त छन्।

अबको साहित्य कस्तो लेखिनु पर्छ त त्यसो भए ?
यस्तो लेख त म भन्दिन। तर मेरो समाज अहिले भारतीय केन्द्रले किनारमा पारेको समाज हो, त्यहीमाथि वैश्विक बजारवादले पनि निलिरहेको छ। भित्री बाहिरी कर्पोरेट्सहरूले हाम्रा संवेदनालाई मारेको छ, जसको कारण मानिस कुनै कम्पनीको उपभोक्ता, कुनै राजनैतिक दलको ‘भोट’, कुनै शक्तिकेन्द्रको दास मात्र बनिरहेको छ । यदि त्यो समाजमा ती थोकहरू जस्ले उसका जम्मै अधिकारहरूको विरुद्ध चुपचाप बस्ने मनोविज्ञान तयार पार्छ, त्यसबारे बोलिदिने साहित्य लेखियोस्, जम्मै जडताको विरुद्ध बोल्न सक्ने चेतनाको पक्षमा साहित्य लेखियोस्, मानिस र प्रकृतिको रक्षार्थ जम्मै मू्ल्यबारे बाटो देखाइदिने साहित्य लेखियोस्, मानिसलाई सामाजिक, राजनैतिक, सांस्कृतिक अन्तविरोधहरूबारे हेर्न सिकाउने ज्ञानानुशासनको निर्माण गर्न सक्ने साहित्य लेखियोस् भन्ने लाग्छ।

manoj1
तपाईको समग्र कुरामा विचार सहितको साहित्य हुनुपर्छ भन्ने आयो । नेपालका केही साहित्यकारहरुमा त  बिचार र राजनितिले भरिएको साहित्य साहित्य नै होइन भन्ने मत पनि छ नि ?
कुनै पनि सर्जकले यसो भन्न सक्दैनन्। जसले भनिरहेका छन् उनीहरू सर्जक होइनन। विचार र  राजनीति नभएको साहित्य के साहित्य। विचार र राजनीति नभएको शब्दहरूको थाकमा सुत्ने ती महान लाशलाई मेरो सलाम छ। कुनै पनि कविताले कसरी के भनिरहेको छ ? त्यो सुन्नु पर्छ। कविताबाट कुनै आवाज आयो भने मात्र सुनिन्छ। आवाज चाँही आउने तर कुरा चैं नबुझिने भयो भने त्यो लाटो कविता भयो। त्यसको सेरोकार समाजलाई छैन, ती लेख्ने कविलाई बाहेक । आवाज आयो तर काम लाग्ने भएन भने पनि त्यसको प्रयोजन समाजमा रहेन। समाजलाई काम लाग्ने कुरा विचार नै हो। र जसले विचार गर्छ उसले राजनीति पनि गर्छ। राजनीतिको अर्थ धेरैले ’दल’ बुझ्लान्, राजनीति भनेको मानिसका मूल्यहरूबारेका ज्ञानुशासन हो। समाजलाई कुनै विचार दिन नसक्ने साहित्य कहीँ हुन्छ र ?

विचार र  राजनीति नभएको साहित्य के साहित्य। विचार र राजनीति नभएको शब्दहरूको थाकमा सुत्ने ती महान लाशलाई मेरो सलाम छ।
अन्तमा, हस्तक्षेप अभियानको आगामी योजना  ?
हस्तक्षेप पत्रिकालाई निरन्तर गर्ने, एउटा पोएट्रिक व्यान्ड बनाएर मानिसहरूमा पुग्ने, छलफल र अन्तरक्रियात्मक काम गर्ने योजनाहरू छन्। यसो त कतिले सडकमा, कतिले ग्रामीण क्षेत्रमा, कतिले शहरी क्षेत्रमा कवितामार्फत मानिसहरूसित संवाद गर्ने काम जारी नै छ। यसलाई अझ प्रभावकारी र व्यवस्थित गर्ने योजना पनि छ।

प्रेमको सौन्दर्य

खासमा म प्रेम गर्न नजान्ने प्रेमी हुँ। तर, प्रेम त सबैले गर्छन्, जानेरै गर्छन् र? मैले पनि गरेँ। तर, त्यो प्रेम नै थियो भन्न म सक्दिनँ। तर, यो पनि जान्दछु, प्रेम बुझेर गरिने कुरा होइन।
काफ्काले रिल्केलाई लेखेको प्रेमपत्रमा भनेका छन्, 'मान्छेलाई प्रेम गर्नु छ भने उसका कमजोरीहरूसितै गर्नुपर्छ।'तर, कमजोरी पनि ज्ञानको अर्को अनुशासन हो। यसलाई बुझ्न कठिन छ। सबै कमजोरी बुझ्न सकिन्‍नँ। नसक्नु पनि कमजोरी होला। 
काफ्काको चिठी पढेपछि लाग्यो, यो त अन्तरबाट जन्मिएको एउटा अनुशासन हो, जुन अन्तरमा असीम पीडा सधैं साँपजस्तो बस्नसक्छ, लुक्नसक्छ। त्यो पीडाभित्र प्रेमको जुन फूल हुन्छ, त्यो सबैले देख्ने कुरा होइन।
त्यो साँपले काफ्कालाई सधैं डसिरह्यो होला। तरै पनि मरेन प्रेम। काफ्काले भयलाई आफूभित्र राखेनन्। यदि राखेको भए तिनलाई भयले खान्थ्यो। प्रियसी, तिनै भयहरूका साथी हुन्। 
काफ्काको निम्ति पनि मिलेना भयका साथी थिए। काफ्कालाई मात्र होइन, मिलेनाले काफ्काका भयहरूलाई पनि प्रेम गरेका थिए । रमाइलो लाग्थ्यो काफ्कालाई कि तिनीसित मिलेनाले प्रेम गर्ने लायक भय त छ।
मलाई थाहा छैन प्रेम गरिराख्नका निम्ति लायक मसित के छ?
काफ्काले रिल्केलाई (मिलेना) पाएनन्। त्यसकारण रिल्केले काफ्काको पत्रको जवाफमा त्यही सर्पजस्तो बसेको पीडाबारे लेखिन्, ‘मौनताबीच पनि पीडाको एउटा खोल्सा बगिरहन्छ।'
काफ्का र मिलेनाको प्रेमपत्र पढ्दा म आफ्ना ती प्रियसीहरू सम्झिन्छु, जोसित धेरै भावुक सम्बन्ध राखियो। जतिखेर प्रेम बुझ्दिनथेँ, त्यतिखेर धेरै प्रियसी थिए। जतिखेर प्रेम बुझ्दैथिएँ, कोही थिएनन्।
यस्तोमा मेरी प्रियसी बन्न आइन् भक्ति जसले धेरै कठिन परिस्थितिमा मेरो प्रेम चिनिन्। हजारौं सपनालाई गाडेर, मेरो बगर विपनामा पाइला राखिन्। तर जतिखेर काफ्काको प्रेम सम्झिन्छु, एकफेरको जीवनमा यस्तो कठिन प्रेम गर्न नपाइएको बेस्वाद भने लागिबस्छ।
कवि राजा पुनियानीको प्रेमबारे पनि मलाई थाहा छ। कवि निमा शेर्पाको प्रेमबारे पनि। कवि लेखनाथ छेत्रीको प्रेमकथाले त म धेरैपल्ट भत्किएको हुँ।
म पनि मेरो प्रेमकथा साथीहरूलाई सुनाइबस्छु, आज पाठकलाई सुनाउँछु।
म किन आफ्नो प्रेमको गफ गरिरहेको छु, यसबारे यकिनसाथ म भन्न सक्तिनँ।सायद, काफ्काले भनेजस्तो कमजोरीसहितको प्रेम गर्न नसकेको पछुतो छ मसित। एउटा असीम पीडा मसित पनि छ।
त्यो यस्तो छ।


प्रेमको सही जवाफ

कसरी मन पराएँ, मलाई थाहा छैन।
डाई गरेको कालो जिन्सको प्यान्ट। छिङ्छिङ् बज्ने डिंगो बुट। सानासाना टुक्रा जोडेर सिलाएको थोत्रो लेदरको ज्याकेट। 'फूल और काँटे' फिल्मको अजय देवगनमारको हेयर स्टाइल।
डेटिङमा जाँदा मेरो गेटअप यस्तो थियो।आइतबार साँझ सधैं हुन्थ्यो डेटिङ। उसकै घरमाथिको बोटनिस गोलाइमुनिको लेमनगुराँसको घारीभित्र ।
कतिऔं डेटिङ थियो त्यो ? त्यो पनि मलाई थाहा छैन।
शनिबार स्कुलछेउको झ्याम्म परेको भोगटेको फेदमा साथी राजुलाई एउटा सानो चिर्कटो दिइछे। लेखेकी रहिछे, ‘छबेको मन्दिर जुम ल? आइतबार १ बजी म तपैँको घरमुनि आउँछु।'
ऊ गैरीबासकी, म दलगाउँको । छबेको मन्दिर मेरै गाउँमा । तर, एक घन्टा हिँड्नुपर्ने।
म बिहानैदेखि घरमुनिको सडक हेरिरहेको थिएँ । स्कुलमा जस्तै दुइटा केश बाटेकी। आई। म झरेँ।
मन्दिरमा सोधी, ‘के माग्यौ? '
मैले भनेँ, ‘तिमीलाई।'
उसले के मागी मलाई कसैगरे पनि बताइन। मैले झगडा गरेँ। पटक्कै बताइन। हामीले साँझ परिन्जेल जीवनको सपना देख्यौं। हज्जारौं बाचा गर्‍यौं । जीवनभर माया गर्ने संकल्प गर्‍यौं।
झमक्क साँझमा हामी त्यही बोटनिस गोलाइमुनिको लेमन गुराँसको घारीभित्र थियौं।
उसले ज्यानमारा प्रश्न गरी, ‘मलाई पाएनौ भने के गर्छौ?'
'किन धोका दिने मलाई?' उसलाई उल्टै सोधेँ।
'होइन लाटा, म धोका दिन सक्छु?' उल्टै सोधी ।
'सक्दिनौ', भनेँ, ‘अनि किन यसरी सोधेको त?'
उसले मलाई अँगालो मारी। मैले भुइँमा सिन्काले माटो कोट्याइबसेँ।
'बाइचान्स हौ बाइचान्स, म कसैको भएँ रे, त्यतिखेर तिमी के गर्छौ?' सानो स्वरमा सोधी।
मैले भनेँ, ‘खोसेर ल्याउँछु।'
त्यसपछि हामी हाँस्यौं।
हामी एकअर्कासित प्रेम गर्थ्‍यौ। हामीबीच कहिल्यै शारीरिक सम्बन्ध भएन।

...

१९९६ मा मैले माध्यमिक परीक्षा दिएँ । स्कुल जानु परेन। रिजल्ट पर्खिनु पर्‍यो। बेकारी थिएँ। ऊ आठमा पढ्थी। अग्ली थिई। म उसलाई तब्बुजस्तै देख्थेँ। भन्थेँ पनि तब्बु नै। बस्नेतकी छोरी। बाबु पुलिस। आमा बगानमा जाने।
स्कुल पढ्दा उसैको घरमा खाजा खान जाने। उसको घरमा हामी साथीसाथी थियौं। ऊ मेरो घर कहिल्यै आइन।
मेरो सानो घर थियो। दुई कोठाको। बेकारी परिवार। बाबा आरा काट्नु जानुहुन्थ्यो। आमा रक्सी पार्नुहुन्थ्यो। स्कुल जाने म मुनिका तीन बहिनी। म माध्यमिक दिएर घर बसेको।
जंगलमा 'फ्याँक्रे' भन्ने गुवा सुपारीकै प्रजातिको पोथ्रा पाइने। फ्याँक्रे काँचोमै र सुकाएर पनि सुपारीजस्तो टोक्न मिल्ने।त्यो दिन बिहानै दुई भारी फ्याँक्रेको पात काटेर ल्याएँ। अघिल्लो दिन मात्र हामी छबेको मन्दिर गएका थियौं। अनि भगवान्सँग मागेको थिएँ उसलाई।भनेको थिएँ, ‘उसलाई मेरो जीवनसाथी बनाउनु है भगवान्।'
आमाले मलाई मान्‍न थालिसकेकी थिइन्। पत्रपत्रिकामा कविता छापिन थालेका थियो। 'आजभोली' दैनिकमा मेरो कतिवटा कविता छापिन्थ्‍यो, त्‍यो बोकेर आउँथी ऊ।
फ्या“क्रेको पात निक्कै खप्छ। गाई पालिएको थियो। त्यसको गोठ छाउन पात ल्याएको हुँ। चोया काटेँ, भाटा काटेँ। बोलो लगाएर म पातले छाना लगाइरहेको थिएँ। झन्डै सकिन लागेको थियो। ३ बजेतिर राजु आयो। राजु उसैको क्लासमेट।
'इ उसलाई त माग्नुआको छ अरे, आजु लान्छ अरे, मो त छक्क परेँ, अन्त तोलाई भन्नु कुदेर आको।'
'रेला नगर न ओइ', मैले पत्याइनँ।
अघिल्लो दिन त हामीले नछुट्टिने कसम खाको। सँगै जिउने÷मर्ने कसम खाको।
'साँच्चि हो ओइ। रातो भ्यान आको छ लिनु।'
त्यसपछि मेरो सातो गयो। छानाबाट हामफालेँ।
हतारमा हातखुट्टा धोएँ।
डिंगो बुट लगाएँ। डाई गरेको त्यही जिन्सको कालो प्यान्ट लगाएँ। अजय देवगने केश कोरेँ र कुदेँ।गैरीबास हाइस्कुल छेउमा उसको घर छ। म त्यसको आधा घन्टाको उकालोमा थिएँ। डिंगो बुट छिङ्छिङ् बज्थ्यो। 
ओह्रालै कुदिरहेको थिएँ म, त्यही बजाउँदै। के थियो मनमा त्यतिबेला, मलाई थाहा छैन। आँखामा आँसुचाहिँ थियो। मनमा ढुकढुकी तेज थियो। कुनै आवाज थिएन ओठमा।
स्कुलमाथिको बोटनिस गोलाइ पुगेँ। त्यहाँबाट उँधो हेरेँ। केही देखिनँ। त्यसपछि कुदेँ, फेरि ओह्रालै। खासमा म उसलाई रोक्न हिँडेको थिएँ । त्यसरी ‘बाचा गरेर धोका नदेऊ' भन्न कुदेको थिएँ। के भनेर कुदेको थिएँ, खासखास भन्न अहिले पनि सक्दिनँ।
म स्कुल मैदान पुग्नै लागेको थिएँ। मैदानबाट रातो भ्यान हिँड्यो।एकछिन त्यहीँबाट चिच्याउन मन लागेको थियो मलाई। मैदानमा मानिसहरू सल्याङबल्याङ गरिरहेका थिए। मनमा डरजस्तो केही थियो।
मलाई अचानक नक्सल पुग्ने चोरबाटो याद आयो। त्यो गाडी घुम्दै त्यही नक्सल निस्किएर चाल्सा, मालबजार पुग्थ्यो। भ्यान घुमाउरो सडक हुँदै त्यहाँ आइपुग्दा म बाँसघारीको चोरबाटो नक्सल पुग्छु भन्ने लाग्यो। 
स्कुलमाथिको डिलडिल हुँदै म ५२ ब्लग गाउँको बाटो छड्किएँ। त्यही बाटो नक्सलमाथिको बाँसघारीको चोरबाटो थियो। छोटो बाटो। केही हिँडे किनभने त्यहाँ बाक्लो गाउँ थियो। 
गाउँमा कुद्‌न भएन। नकुदी हिँडे। जब बाँसघारी सुरु भयो, हातमा पञ्जाभरिको ढुंगा बोकेँ अनि तुफान कुदेँ। त्यति साह्रो स्पिड कहिल्यै कुदेको थिइनँ म। त्यति धेरै अग्ला कान्लाहरू कहिल्यै हामफालेको थिइनँ म।
म ओह्रालै डिंगो बुट छिङ्छिङ् बजाउँदै कुदिरहेँ।
खासमा म कुनै फिल्मको हिरो थिएँ, जसको प्रेमिकालाई कुनै खलनायकले लगिदिएको छ। म प्रेमिकालाई बचाउन कुदिरहेको छु।
भक्कानो फुट्न लागिसकेको थियो। आँखामा उसैको नक्सा थियो।
लागेको थियो, भ्यानभन्दा अघि नै म नक्सल पुग्छु र सडकमा हातमा ढुंगा लिएर उभिन्छु। ढुंगा हान्छु। गाडी रोकिन्छ अनि उसलाई लिएर म घर आउँछु। म नक्सल पुगेकै थिइनँ। माथिबाट तल नक्सलको घुमेको गोलाई देख्दै थिएँ। त्यतिखेरै रातो भ्यानले गोलाई काट्यो।
म त्यहीँ ठिंग उभिएँ। हातमा बोकेको ढुंगा हानेँ। मेरो बलले पुगेन। भ्यानसम्म ढुंगा पुगेन। भुइँमा भेटेको जति ढुंगा सोहोरेँ, हानेँ। जति ढुंगा हान्थेँ भ्यान उति टाढा जान्थ्यो।
हेर्दाहेर्दै भ्यान हरायो। म थचक्क बसेँ। अनि भुइँमा लडिबुडी गर्दै कराएँ। सकेजति आवाज निकालेर रोएँ।
बाँसघारी-घारी म रुँदै घर फर्किएँ।

...

त्यसरी छुट्यो पहिलो प्रेमिका।
यसरी बस्यो पहिलो प्रेमकथा मनमा।
खासमा म साँच्चि नै प्रेम गर्थें उसलाई। मलाई उसले छोडेर गएकोमा विश्वास नै लागेको थिएन। धेरै दिन स्कुलमाथि बसेँ, ऊ स्कुलछेउको भोगटेको रूखमुनि देखिन्छे भन्ने भ्रममा। 
धेरै दिन बोटनिस गोलाइमुनिको लेमन गुराँसको घारीमा बसेँ। धेरै दिन राजुलाई उसबारे सोधेँ। ऊ त साँच्चि नै गइसकेकी थिई।
मैले ऊसँग गरेको बाचा पूरा गर्न सकिनँ।
मैले भनेको थिएँ, ‘तिमीलाई कसैले लग्यो भने म खोसेर ल्याउँछु।'
मैले सकिनँ। मलाई थाहा छैन, उसले मलाई धोका दिई कि मैले उसलाई?
म फर्काउन आउनेछु भनेर के उसले पर्खिहोली?
कि उसले मलाई धोका नै दिएकी हो?
मसित यस्तो प्रश्नको सही जवाफ थिएन।
बेरोजगार परिवारमा थिएँ। आफू पनि बेकारी। बेकारीपन अजिंगरजस्तो थियो आफैंलाई। त्यो दिन मैले गाडी रोकेको भए के हुन्थ्यो होला?
पछि सुनेँ, आर्मीसित गइछे। उसलाई रहेछ घरको दबाब।
सायद यत्ति थियो मेरो प्रेमको सही जवाफ।


क्रूर प्रेम

ठूलो बहिनीले कुमाई चियाबारीमा बिहे गरी। चार घन्टा फरेस्टको बाटो हिँडेपछि बहिनीज्वाइँको घर पुगिने। एक दिन बिहान म बहिनीको घरको बाहिरको कोठामा केही लेख्दै थिएँ। सायद कविता।
स्कुलेहरू त्यही घरको आँगन भएर हिँड्दा रहेछन्। स्कुल ड्रेस लगाएका तीनजना केटी घरमा पसे। बहिनीसित, बहिनीको सासूसित बात गर्दै छिल्लिइरहे उनीहरू । म लेखिरहेको थिएँ। उनीहरू हेर्न आए।
'के गर्नुभाको ? ' एउटीले सोधी ।
'लेखेको', मैले भनेँ, 'सुन्‍ने?'
उनीहरू सुन्‍ने भए। सबैले ताली बजाए र स्कुलतिर दौडिए।
टिफिनको छुट्टीमा एउटीले झ्यालबाट मुन्टो छिराएर भनी, 'कविता लेख्दिनु रे है उसलाई।'
भन्नेले देखाएकोतिर हेरेँ।
'ओइ के भाको हँ, ऐले... गाल नपार है' भन्दै भागी।
त्यसपछि फर्किहाल्ने भनेर गएको म केही दिन बस्ने भएँ। साथीहरू बनाइसकेको थिएँ मैले पनि। सबैभन्दा मिल्ने साथी थियो प्रवीण राई।
बिहानै धारामा पानी भर्न जानुपर्ने। धारामा बिहानै भीड। भीडमा 'पहुनालाई थाप्न देऊ है' भन्ने उही हुन्थी।
प्रवीणले जिस्क्याउँथ्यो।
मलाई पनि लाज लाग्थ्यो। मैले पहिलो प्रेम बिर्सिइसकेको थिएँ। प्रवीणले उक्सायो।
‘लेख् न लेख्', प्रवीणले भन्यो।
'थेत, काँ हौ अब्बुई, होस्', म भन्थेँ।
अठारको थिएँ म । प्रवीणको कुरा मन पर्न थालेको थियो । खासमा मलाई ऊ मन पर्न थालेको थियो । मैले लेखेँ ।
उसले पढी।
'ल हुन्छ रे भन्दिनू', खबर पठाई ।

...

त्यसपछि मलाई कुमाईमात्र जान मन लाग्थ्यो। गइबस्थेँ। भेट्न गाह्रो। उसको दिदीले थाहा पाई। मलाई सोधी, ‘धोका त दिन्नौ होला नि ? ’
मैले टाउको मात्र हल्लाएँ। अनुहार रातो थियो त्यस बेला मेरो।
ऊ आठमा पढ्थी। नौमा पुग्न नपाई स्कुल छोडी ।
मैले कर गरेँ।
‘पढ न, बोरु मो पनि खर्च दिम्ला।'
स्कुल नजाने नै भई। स्कुल आउँदा मसित भेट हुन्थ्यो। नआउँदा म घरैमा जान थालेँ। वल्लो घर पल्लो घर सप्पैले जिस्क्याउने। सप्पैले, 'सोल्टी भन्दाभन्दै अब ज्वाइँ हुने भो केटो' भन्थे।
म घरमा जाँदा आमा सुटुक्क निस्किन्थिन्। आमाले मलाई ज्वाइँ मान्न थालिसकेकी थिइन्। बाबा भएको बेला म जान्नथेँ। पत्रपत्रिकामा कविता छापिन थालेको थियो। त्यहीँ हुँदाहुँदै 'आजभोलि' दैनिकमा मेरो कतिवटा कविता छापिन्थ्यो, त्यो बोकेर आउँथी ऊ।हामी साह्रै माया गथ्र्यौं एकार्कालाई।
खुल्लमखुला प्रेम गथ्र्यौं । हामीबीच कुनै नराम्रो किसिमको सम्बन्ध थिएन। खासमा म सोझो किसिमको केटो थिएँ। पहिलेपहिले म उसको घर जान्थेँ। पछिपछि ऊ मेरो घर आउन थाली। आएर बारीमा आमासित साग रोप्थी। आएर घरमा खाना बनाउँथी। आएर गाईलाई घाँस काट्थी।
अघोषित बुहारी थिई।
एक दिन ऊ आएको दिन घरमा छ्यामा आउनुभयो। सानैदेखि आन्टी भन्थेँ म। साह्रै छुच्ची। आमाले पोल हालिन्। पड्किइन् आन्टी।
आमालाई केटी राम्रो त लाग्थ्यो तर उसको ओठमा जुँगाजस्तो रौं थियो। 'जगेनी बिहे गर्छु भन्छ, मलाई चैं मन परेको छैन', आमाको गुनासो थियो। आन्टीले हपारिन्, ‘उम्रिँदै तीनपातेहरू, हान्छु म कचेटले।'
आन्टी आएको बेला हाम्रो प्रेम तीन वर्षको थियो। आमाको सारमा आन्टी, आन्टीको सारमा बहिनीहरू धुरिन थाले। ठूलो ज्वाइँका आफन्त गाउँमै थिए। ऊ त्यहीँ बसेकी थिई। भोलिपल्टै फर्किने भई। मैले पुर्‍याउने भएँ। ऊ पनि आन्टीसित डराएकी थिई, मजस्तै ।
त्यो रात मैले चिठी लेखेँ।
खासमा म क्रुर प्रेमी थिएँ। मैले कहिल्‍यै उसलाई नराम्ररी देखिँन। विचारमा, मनमा,व्‍यवहारमा सबै कुरा ठीक थियो। ठीक थिएन त उसको ओठका पहेँला रौँ जसलाई मेरो परिवारले 'जुँगा भाको केटी' भन्‍थे। 
भोलिपल्ट आई। झोलामा साग हालिदिएँ। आन्टी माथ्लो घर, आफन्तकहाँ थिइन् । मैले झोला बोकेँ। निस्कियौं फरेस्टको बाटो। खोलामा पुग्यौं। नुहायौं। बोकेको बिस्कुट खायौं। फेरि पनि बाचा गर्‍यौं। नछुट्टिने कसम खायौं। झोला मैले बोकेँ। उसको गाउँको छेउसम्म पुर्‍याएँ। फेरि भेट्ने बाचा गरेँ। झोला उसलाई दिएँ। फर्किएँ म।
म जति उसलाई छोडेर आइरहेको थिएँ, आङ उति नै फुलिरहेको थियो। भयले म छिट्छिटो हिँडिरहेको थिएँ। ऊ ओझेल भएपछि त हाम्फाल्दै कुदेँ। मानौं म कुनै अपराधी हुँ र आफूलाई बचाउन भागिरहेको छु।
एकैछिनमा खोला पुगेँ। घटघटी पानी पिएँ। उसको घर जाने बाटोतिर हेरेँ अनि फेरि उकालो कुदेँ।मलाई जतिसक्दो छिट्टो घर पुग्नु थियो। किनभने मैले त्यतिखेरसम्म उसलाई ब्रेक दिइसकेको थिएँ।
रायोको साग हालेको झोलाको फेदमा मैले चिठी घुसारेको थिएँ।जहाँ लेखेको थिएँ,'मलाई माफ गरिदेऊ। घरमा सप्पैले मलाई गाली गर्‍यो। तिमीलाई मन पराएनन्। म तिमीसित प्रेम गर्न सक्दिनँ। आजदेखि हाम्रो सम्बन्ध छैन।'

...

खासमा म क्रूर प्रेमी थिएँ। मैले कहिल्यै उसलाई नराम्री देखिनँ। विचारमा, मनमा, व्यवहारमा सबै कुरा ठीक थियो। ठक थिएन त उसको ओठका पहेंला रौं जसलाई मेरो परिवारले 'जुँगा भाको केटी' भन्थे। मलाई यसो भनेको पटक्कै मन पर्दैनथ्यो।
कुन्‍नि किन, अचानक म पनि जुँगा भाको केटीलाई बिहे गर्न नसक्ने भएँ।मैले धोका दिएँ। सारा कसम तोडेँ। म स्वार्थी थिएँ। तर त्यस बेला मलाई स्वार्थी भएँ, धोकेबाज भएँ भन्ने पटक्कै लागेन। 
मलाई लाग्यो, बिहे गरेर आउने घरले उसलाई मन पराएन भने उसका लागि पनि राम्रो होइन, मेरो लागि पनि।
अहिले सम्झिन्छु, म खतरनाक स्वार्थी र धोकेबाज थिएँ।
...
पछि सुनेँ, 'त्यो मान्छेलाई म जीवनभर माफ गर्दिनँ' भनी रे।
त्यसपछि कहिल्यै भेटिनँ मैले।


अन्नपूर्णपोष्टमा प्रकाशित